साधु र युवक​

एक साँझ, एक युवक र एक साधुको भेट हुन्छ।

उसको मस्तिष्क
सोचको तारापुञ्ज हो,
एक तारामा अनेकन ग्रह छन्
एक पुञ्जमा अनेकन तारा छन्
उसको ब्रह्माण्ड छरिपष्ट छ।

साधु,
शान्त
युवक भन्छन्
तपाई भित्र के छ?

साधु मुस्कुराउदै,
मेरो जीवन तिमी जस्तै छ,
तिमी र ममा कुनै भिन्नता छैनन्
जीवन छ र म छु,
यसैमा आनन्द छ।

सोच के हो?
– आफै सोच
खोज के हो?
– म हुँ।
तपाई को हो?
– ( साधु मुस्कुराउँछन्)
म को हुँ?
– तिमी भन।
प्रश्न
-उत्तर

छरिएको उसको ब्रह्माण्डको आयम भन्दा
भिन्नै सहरमा ऊ भेटिन्छ।
साधु भन्छन्
” म छु। म हुँ।”

Leave a comment