अग्रगामी क्रान्तिकारी

शिक्षालाई लात हानि
प्रगतीको बात मानि
अग्रगामी क्रान्तिकारी
अगाडि बढ्यो मसाल बालि

पुरातनवादी सोच ढाली
यथास्थितिवादको पर्दा फाडि
सामन्तको पक्डे नाडी
शासन अब जनवादी

आज सिरमा बन्दुक छैन,
स्वरमा रोकतोक हैन
सपना म देख्न सक्छु
शासन व्यवस्थामा छु

तर
अब​
धाउनु छ पधेँरो
पानी त पिउनै परो

तर
आज फेरि
तुइन त चड्नै छ
विद्यालय पुग्नै पर्छ​

तर
हिजो जस्तै अस्पताल नपुगि
पल्लो गाउँकी उर्मिला
मरी रे

तर
उबेला झै
जनताका दुख
जनताकै दुख छ रे

तर
अझै
सुशासन र सभ्यता
भ्रष्टचार र अनियमिततामै हराको छ रे

मेरो त्यागको सम्मान गर​।

Leave a comment