सपना

सपना कति देखें
तिमीसंगैको संसार
तिम्रो र मेरो घर
तिमी र म
हामी हिड्ने बाटो
हाम्रो बाटो

सपना कति लाटो हुने
विपनामा बिलौना हुँदा पनि
त्यो चित्र भित्र भित्रै
आफैँ अझै उसको सत्य
त्यही पुरानो महल हो भन्ने सोच्ने

त्यो बाटो नहुँदा पनि
आफैँ खोइ कसरी हो
हावामा उडेर
पहाड फोडेर
तिमीसंगैको संसार खोज्ने

तर आज सपनाको आहुती दिनु छ
ती महलहरु भत्काउनु छ
लाटो सपनाको अचल गाँठो
आज सत्यले फुकाउनु छ

भावनाहरु सहिद भए  
बलिदान कति कति
कुनै क्रान्ति भन्दा कम छैन
तर उपलब्दी के?
सपना त तिमीसंगैको थियो
बाटो कता कता
सायद लाटोपाना नै
सत्य थियो होला!

Leave a comment