कि मेरो मन त्यस्तो?

आज पनि सुर्य उदायो
संसार आफ्नै धुनमा छ
घाम लागे पनि
दिन तुवालो लागे जस्तो
कि मेरो मन त्यस्तो

दिन उदासिए
सपना भासिए
कथाहरु नासिए  
छोटा दिनहरु
तर समय कति लामो लाग्ने  

कथाहरु पनि फुर्दैनन् आज
बचनको वजन छैन
विमोचन खाली पानाको
रंगमंच रित्तो छ
कि मेरो मन त्यस्तो

मेरा सपनाहरु
समुद्र तटमा बालुवाको घर
मेरा पाइलाहरु
समुद्र तटमा बनेको छाप
मेरा प्राथनाहरु
खाली पाना

आज फेरि सुर्य अस्तायो
कथा फेरिए
पाना पल्टिए
रातको सुन्यता पनि कति चर्को
कि मेरो मन त्यस्तो?  



Leave a comment